काठमाण्डु – विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको भ्रष्टाचार मुद्दामा नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । थुनछेक बहसपछि विशेष अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र डिल्लीरत्न श्रेष्ठको इजलासले अधिकारीसँग धरौटी माग गर्ने आदेश गरेको छ । मंगलबार अदालतले धरौटीमा रिहा गर्न आदेश दिए…