म्याग्दी - पोल्याण्डका दुई आरोहीले मंगलबार धाैलागिरी हिमाल आरोहण गरेका छन्। यस याममा आठ हजार एक सय ६७ मिटर अग्लो धवलागिरि हिमाल आरोहण गर्ने दुवैजना पहिलो हुन्। सेभेन समिट ट्रेक्समार्फत बार्टेक जिम्स्की र ओसवाल्ड रोड्रिगो पपेराको टोलीले धाैलागिरीको सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सका प्रबन्ध निर्देशक थानेश्वर गुरागाईँले जानकारी दिए। उनीहरूले मंगलबार बिहान ७:३० बजेको…