भ्रष्टाचारविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

काठमाण्डु - माइतीघर मण्डलामा भ्रष्टाचारविरुद्ध खबरदारी प्रदर्शन गरिएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै शनिबार काठमाडौंको माइतीघर मण्डलामा भ्रष्टाचार विरुद्ध प्रदर्शन गरिएको हो। भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै युवाहरुले गीत,कविता र साहित्य वाचनमार्फत विरोध गरिरहेका छन्। प्रदर्शनकारीले भ्रष्टाचार सहन्नौं,भ्रष्टाचारीलाई कारगार,अर्थतन्त्र मन्द छ, भ्रष्टाचारको धन्दा छ जस्ता नारा लगाएका छन्। उनीहरूले टोपबहादुर हो कि…