परराष्ट्रमन्त्री राणा आज फर्किँदै

काठमाण्डु-भारतको औपचारिक भ्रमणमा गएकी परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा आज स्वदेश फर्किँदै छिन् । आइतवार ५ दिने भारत भ्रमणका लागि उनी त्यसतर्फ गएकी थिइन् । आफ्नो भ्रमण सकेर उनी आज नेपाल फर्किन लागेकी हुन् । भारत भ्रमणमा रहेकी परराष्ट्र मन्त्री राणाले हिजो भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेबीच भेटवार्ता गरेकी छिन् ।…