काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवन छात्राबासमा बालिका मृत भेटिएको घटनाको यथार्थ बाहिर ल्याउन माग गरेका छन् । शनिबार सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष ओलीले घटनाले आफूलाई बेचैन बनाएको र सत्य तथ्य के हो चाँडो बाहिर ल्याउन माग गरे । उनले यस्ता घटनामा अनुसन्धान गर्ने निकायभन्दा बाहिरबाट हुने हल्ला र…