काठमाण्डु - नेकपा एमालेले पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउप्रति आपत्ति जनाउँदै तत्काल रिहाइको माग गरेको छ । पार्टीको शनिबार बसेको आकस्मिक सचिवालय बैठकको निर्णय सुनाउँदै महासचिव शंकर पोखरेलले अध्यक्ष ओलीलाई गैरकानुनी तरिकाबाट पक्राउ गरिएको दाबी गरे । बैठकले उक्त कदम लोकतान्त्रिक मूल्य र कानुनी शासनको मर्मविपरीत रहेको भन्दै कडा शब्दमा निन्दा, भत्र्सना…