काठमाण्डु-बझाङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । गए राति आएको पहिरोमा परेर बुंगल नगरपालिका–१० टुमेडाका एकै परिवारका चार जना बेपत्ता थिए । उनीहरूको शव आज बिहान फेला परेको हो । पहिरोमा पुरिएर ५५ वर्षीय काली धामी, २५ वर्षीय गोल्की धामी, ६ वर्षीया आकृति धामी र ३ वर्षीया लक्ष्मी धामीको मृत्यु भएको…