स्थानीय तहका उम्मेदवारले जरिवाना तिर्नु नपर्ने, राष्ट्रपतिद्वारा माफी मिनाहा

काठमाण्डु - निर्वाचन आयोगको निर्णयअनुसार जरिवानामा परेका स्थानीय तहका उम्मेदवारले अब जरिवाना तिर्नु नपर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सबै उम्मेदवारको जरिवाना माफी मिनाहा गर्ने निर्णय गरेकी छन् ।