गठ्ठाघर दुर्घटनाको छानबिन गर्न गृहमन्त्रीको निर्देशन

काठमाण्डु-गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा विहिबार भएको सवारी दुर्घटनाको छानबिन गर्न प्रहरी महानिरीक्षकलाई निर्देशन दिएका छन् । गृहमन्त्री लेखकले दुर्घटना हुनुको कारणसहित गम्भीरतापूर्वक छानबिन गर्न प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई निर्देशन दिएका हुन् । दुर्घटना हुनुमा असुरक्षित तवरले गरिएको ट्राफिक जाँच जिम्मेवार भएको स्थानीयको आरोप रहेको छ । ट्राफिक प्रहरीले जथाभावी चेक प्वाइन्ट राखेर चेकिङ गरेकैले…