प्रधानमन्त्री ओली र अमेरिकी उपविदेशमन्त्रीबीच भेट

काठमाण्डु-नेपाल भ्रमणमा रहेका अमेकिरी व्यवस्थापन तथा श्रोतसम्बन्धी अमेरिकी उपविदेशमन्त्री रिचार्ड बर्माले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो । भेटमा उनीहरूबीच दुई देशको द्विपक्षीय हितका विषयमा छलफल भएको हो । एमालेका अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि अमेरिकाबाट भएको यो सबैभन्दा उच्च स्तरीय भ्रमण हो । उपविदेशमन्त्री…