काठमाण्डु - भारतीय सत्ताधारी दल भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवाले सुदूरपश्चिम आइपुगेका छन् । दिल्लीबाट सडक मार्ग भएर चौथाइवाले उत्तराखण्ड हुँदै सुदूरपश्चिम प्रदेश आइपुगेका हुन् । धनगढी आएका चौथाइवाले सोमबार काठमाडौं आएर राजनीतिक भेटवार्तामा सहभागी हुने बताइएको छ। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गर्ने कार्यक्रम छ।…