गौशाला २६ गएको होटलको भिडियो हेरेपछि सन्दीपको मुद्दामा फैसला लेख्दै न्यायाधीशहरू

काठमाण्डु – उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा बुधबारै फैसला सुनाउने तयारी गरेको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेतीको संयुक्त इजलासले बुधबार सुनवाइ सकिएपछि बलात्कार भएको भनिएको होटलको सीसीटीभी भिडियो हेरेको छ । भिडियो हेरेसँगै न्यायाधीशहरू संक्षिप्त फैसला लेख्न थालेका उच्च अदालत स्रोतले जनाएको छ । गौशाला २६ लाई बलात्कार गरेको आरोपमा…