काठमाण्डु- वर्षायाम लागेसँगै डडेल्धुराको जोगबुढा-बुडर सडकखण्डको यात्रा सधैँ जोखिमपूर्ण हुने गर्दछ । यसवर्ष पनि मनसुन भित्रिएसँगै जोगबुढा-बुडर सडकखण्डमा जोखिम मोलेरै भएपनि यात्रुहरुले यात्रा गरिरहेका छन् । शुक्रबारदेखि लागेकाे निरन्तर वर्षाको कारणले आलिताल गाउँपालिका-८ अन्तर्गत यस सडकखण्डमा पर्ने सुनखोलामा लगातार पहिरो गइरहेको छ । आज पनि बिहानैदेखि सुनखोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । वर्षाका…