पहिचान भएका शव साेमबार नै परिवारलाई बुझाइने

पोखरा - यती एयरको विमान दुर्घटनामा मृत्यु भएका र संकलन भएका सबै शव स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिने भएको छ ।जिल्ला प्रशासन कार्यालयले पहिचान भएकाहरूको शव भोलि नै परिवारलाई बुझाउने निर्णय पनि गरेको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल कुमार शाहीका अनुसार पहिचान नभएका शवहरू डीएनए परीक्षणका लागि भोलि काठमाडौं पठाइनेछ । ६८ यात्रुसहित…