पोखरा- पोखरामा दुर्घटनाग्रस्त यती एयरलाइन्सको जहाजमा ६२ नेपाली नागरिक र १० जना विदेशी नागरिक रहेको खुलेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार जहाजमा ३ शिशुसहित ६ बालबालिका र ६२ जना वयस्क छन् । काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एएनसी एटीआर जहाज दुर्घटनामा परेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । जहाजमा ६८ जना…