पोखरा विमान दुर्घटनाः पर्वतका १० जनाको मृत्यु

पर्वत - आइतबार पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा पर्वतका १० जनाको ज्यान गएको पुष्टि भएको छ। मृतक सबैको सनाखत भइसकेको छ। दुर्घटनामा परी कुश्मा नगरपालिका-१४ आर्थर डाँढाखर्कका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल, कुश्मा -९ का अरुण पौडेल र उनकी छोरी ११ वर्षीया प्रसिद्धि पौडेल, कुश्मा-१ पाङकी रचना काफ्ले र उनका छोरा १०…