रास्वपा प्यूठान संयोजक सुमन सुवेदीले गरे पार्टी परित्याग

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्यूठान संयोजक सुमन सुवेदीले पार्टी परित्याग गरेका छन् । मंगलबार फेसबुकमा एक स्टाटस लेख्दैँ सुवेदीले पार्टी परित्याग गरेको जानकारी दिएका हुन् । उनले रास्वपा परित्यागको घोषणा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टिको कुनैपनि जिम्मेवारीमा आफू नरहेको जनाएका छन् ।