काठमाण्डु- भारतको बिहारको मोतिहारी (पूर्वी चम्पारण) मा आइतबार निर्माणाधीन एउटा सानो पुल भत्किएको छ । भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार बिहारमा पछिल्लो एक हप्तामा पुल भत्किएको यो तेस्रो घटना हो । मोतिहारीको घोरासहन ब्लकमा भएको यो घटनामा कुनै हताहतीको खबर नभएको अधिकारीहरुले जनाएका छन् । ग्रामीण निर्माण विभागले घोरासहन ब्लकको नहरमा निर्माणाधीन १६ मिटर लामो…