काठमाण्डु - राष्ट्रपतिको निर्वाचनका लागि नयाँ बानेश्वरस्थित संसद भवनमा केहीबरमा मतदान सुरु हुने भएको छ । मतदानका लागि संघीय संसदका सदस्य र प्रदेशसभाका सदस्यहरु बानेश्वर पुग्ने क्रम सुरु भएको छ । यसैबीच राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल संसद भवन पुगेका छन् । उनी मतदानका लागि लाइनमा बसेका सांसदहरू तथा प्रदेश सभा सदस्यहरूसँग मत मागिरहेका छन्। ।…