काठमाण्डु – नवनिर्वाचित कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनील कुमार सिन्हाले पदभार ग्रहण गरेका छन् । मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले कानून निर्माणको सन्दर्भमा पहिलो प्राथमिकता भनेको तोकिएको समयमा निर्वाचन सम्पन्न गराउनु रहेको भन्दै त्यसमा कुनै सम्झौता नहुने बताए । कानूनी विषयमा केही संशोधन गर्नुपर्ने…