४ सरकारी भवन कामै नलाग्ने अवस्थामा, टाँसियाे रातो स्टिकर

काठमाण्डु - जेनजी आन्दोलनका क्रममा जलाइएका ४ वटा सरकारी भवन काम नलाग्ने अवस्थामा रहेको विज्ञहरूले निष्कर्ष निकालेका छन् । भदौ २४ गते जलाइएका र तोडफोड गरिएका सकरारी भवनहरूमध्ये ४ वटा उच्च जोखिममा रहेकाले पुनःप्रयोग गर्न नमिल्ने इन्जिनियरहरूले अध्ययनपछि निष्कर्ष निकालेका हुन् । ती भवनहरू जल्दा ४०० देखि ५०० डिग्री सेल्सियससम्मका उच्च तापक्रम रहेको पाइएको छ…