कारागार र बालसुधार गृहको सुधारमा तीनै तहका सरकारको समन्वय चाहिन्छ : गृहमन्त्री

काठमाण्डु – गृहमन्त्री रमेश लेखकले कारागार र बालसुधार गृहको सुधारमा तीनै तहका सरकारको समन्वय गरेर अगाडी बढ्नुपर्ने बताएका छन् । आइतबार बिहान कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा गृहमन्त्री लेखकले भने, ‘अत्याधिक संख्यामा कैदीबन्दी रहेको समस्या देशभरि छ । भौतिक संरचनाको राम्रो विषय उठाउनु भएको छ । भौतिक संरचनामा सुधार गर्न आवश्यक छ । त्यसका…