घरनजिकै नालाको पानीमा डुबेर बालकको मृत्यु

पर्सा – घरनजिकै नालाको पानीमा डुबेर पर्सामा बालकको मृत्यु भएको छ । बिन्दवासिनी गाउँपालिका–३ झौवा टोल बस्ने अमरप्रसाद चौरसियाको छोरा १ वर्षीय सिद्धार्थ चौरसियाको डुबेर मृत्यु भएको हो । डुबेर अशक्त भएका उनको नारायणी अस्पताल वीरगञ्जमा उपचारका क्रममा मृत्यु भएको छ । घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।