हावाहुरिले रुखको हाँगा टाउकोमा लाग्दा आलितालकी गौमती गम्भीर घाइते

काठमाण्डु- हावाहुरीले डडेल्धुराको आलिताल गाउँपालिकामा एक महिला गम्भीर घाइते भएकी छन् । शनिबार साँझ तीव्र गतिमा आएको हावाहुरीले रुखको हाँगा टाउकोमा लागेपछि आलिताल गाउँपालिका-४ की गौमती बोहरा गम्भीर घाइते भएकी हुन् । उनलाई उपचारका लागि धनगढी लगिएको छ । मौरी बजारमा रहेको मीलमा जाने क्रममा उनको टाउकोमा रुखको हाँगा लागेको थियो । बोहराको टाउकोमा गम्भीर…