काठमाण्डु- बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा सोमबार बस दुर्घटना हुँदा नौजनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। रुकुम पूर्वबाट काठमाडौँ जाँदै गरेको बस साँझ मध्यपहाडी लोकमार्गमा दुर्घटनामा भएको हो। यस्तै हिजै पश्चिम दाङमा यात्रुवाहक जिप पल्टिँदा घाइते भएकामध्ये एकजनाको मृत्यु भएको छ। पश्चिम दाङको गँगटेबाट तुलसीपुरका लागि छुटेको जिप भाङाबारी नजिकै उकालोमा…