काठमाण्डु – पठाओ नेपालले डेलिभरी क्षेत्रमा व्यापारीहरूको जोखिम व्यवस्थापनलाई सुदृढ बनाउने उद्देश्यसहित पार्सल सेवामा ‘डेलिभरीको सुनिश्चितता’ सार्वजनिक गरेको छ । कम्पनीका अनुसार व्यवसाय सञ्चालनका क्रममा डेलिभरी असफल हुनु वा ढिलाइ हुनु व्यापारीका लागि प्रमुख चुनौतीका रूपमा रहँदै आएको छ, जसको जिम्मेवारी अब पठाओ पार्सलले स्वयं लिने प्रतिबद्धता जनाएको छ । पठाओ नेपालकी निर्देशक सुरक्षा हमालका…