रुपन्देही - शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको अकाट्य प्रमाणका रूपमा अशोक स्तम्भलाई लिइन्छ । ई.प.२४९ मा सम्राट अशोकले स्थापना गरेको अशोक स्तम्भमा कुँदिएको शिलालेख नै बुद्ध जन्मस्थल लुम्बिनी हो भन्ने ऐतिहासिक प्रमाणिक तथ्य हो। लुम्बिनीलाई बुद्धजन्मस्लका रुपमा चिनाउने मुख्य आधार अशोक स्तम्भका पुरातात्विक संरचनामा नकरात्मक असर पर्न थालेपछि नजिकै बालिने बत्तीलाई परिसर बाहिर सारिएको छ।…