स्रोत नखुलेको ४ करोड सम्पत्ति कान्छी श्रीमतीसँग भेटिएपछि शाखा अधिकृतविरुद्ध मुद्दा

काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय ललितपुरका तत्कालीन मालपोत अधिकृत तथा हाल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, मधेश प्रदेश, जनकपुर, धनुषाका शाखा अधिकृत मीनबहादुर भट्टराईविरुद्ध ४ करोडभन्दा बढी रकम भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ । २०५४ सालमा सेवामा प्रवेश गरेका भट्टराईले सेवा अवधिमा ४ करोड ४० लाख १५…