सेक्युरिटी प्रेस प्रकरणमा विकल र सुनिल पौडेल दाजुभाइ अख्तियारद्वारा पक्राउ

काठमाण्डु – नेपाल टेलिकमका पूर्व कार्यकारी निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्व कार्यकारी निर्देशक विकल पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । दाजुभाइ समेत रहेका दुवैलाई सुरक्षण मुद्रण केन्द्रको भ्रष्टाचार प्रकरणमा छानबिनका लागि पक्राउ गरिएको छ । अख्तियारको टोलीले मण्डिखाटारस्थित विकल पौडेलको घर र शान्तिनगरस्थित सुनिल पौडेलको घरमा आकस्मिक अनुगमन गरेको…