काठमाण्डु – सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी क्षेत्रको शुद्धीकरण र समस्या समाधानका लागि राष्ट्रिय मान्यता प्राप्त दलहरूसँग सुझाव लिने भएको छ । सिंहदरबारमा मंगलबार बसेको समितिको बैठकले सहकारी संस्था बचत रकम दुरुपयोग छानबिनका लागि राजनीतिक दलहरूको सुझाव लिने निर्णय गरेको छ । प्रतिनिधि सभामा राष्ट्रिय मान्यता प्राप्त दललाई सुझावका लागि…