काठमाण्डु - जेन जी आन्दोलनमा जलाइएको विराटनगरस्थित कोइराला निवासको नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अवलोकन गरेका छन् । कोइरालाले शनिबार विराटनगरस्थित कोइराला निवासको जलेको भवनहरूको निरीक्षण र अनुगमन गरेका हुन् । त्यस क्रममा उनले लोकतन्त्रको बिगुल फुकिएको कोइराला निवासबाटै पुनः लोकतन्त्रको बिगुल फुक्ने प्रतिबद्धता जनाए । कोइरालाले भने, ‘यो एउटा इतिहास जलाइएको छ ।…