काठमाण्डु- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली फिल्म ‘प्रेमगीत-३’ हेरेका छन् । आइतबार साँझ चितवनको इन्द्रदेव हलमा पुगेर अध्यक्ष प्रचण्डले फिल्म हेरेका हुन् । उनले फिल्म ‘युनिक’ रहेको भन्दै प्रशंसा गरेका छन् । ‘फिल्म बडो मसलेदार जस्तो लाग्यो । यहाँ युद्ध पनि छ, राजनीति पनि छ । दरबारभित्रको षड्यन्त्र पनि छ । प्रेम पनि…