बारामा बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु, २७ घाइते

काठमाण्डु- बारामा यात्रुवाहक बस र ट्रक आपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । २७ जना घाइते भएका छन् । कांकड्भिट्टाबाट काठमाडौं जाँदै गरेको बा ३–००१ ख २५८७ नंको बस र हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक अमलेखगञ्जस्थित तीन नम्बर पुल नजिक आज बिहान एकापसमा ठोक्किएका थिए । जिल्ला प्रहरी कार्यालय बाराका…