काठमाण्डु-नेकपा एमालेको ११ जिल्लामा अधिवेशन गर्न बाँकी रहेको छ । एमालेले जेठ मसान्तभित्रमा सबै जिल्लामा अधिवेशन सक्न निर्देशन दिए पनि ११ जिल्लामा हुन बाँकी रहेको हो । एमाले निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले निर्धारित समयमा ६६ जिल्लाका अधिवेशन सकिएको जानकारी दिए । अधिवेशन गर्न बाँकी जिल्लामा प्रदेश कमिटीको समन्वयमा चाँडै समय तोकिने उनले बताए…