काठमाण्डु- उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ आइतबार अस्पतालबाट डिस्चार्ज भएका छन् । गत मंसिर १९ गते शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसवारी, काठमाडौंमा भर्ना भई मुटुको खुम्चिएको नशाको एन्जियोप्लास्टी सर्जरी गरी उपचाररत रहेका थिए । श्रेष्ठको स्वास्थ्यमा उल्लेखनीय सुधार भएकोले चिकित्सकको सल्लाह र सिफारिसमा अस्पतालबाट डिस्चार्ज गरिएको सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए…