कोशी र गण्डकी प्रदेशमा हिमपातको सम्भावना

काठमाण्डु -जल तथा माैसम पूर्वानुमान महाशाखाले आइतबारकाे माैसम पुर्वानुमान गरेकाे छ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावले कोशी र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । तराईका केही स्थानमा हुस्सु लागेको छ। दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।…