५ महिनामा नेपालीले बोके १९ अर्बको स्मार्ट फोन

काठमाण्डु– पछिल्लो ५ महिनामा नेपालीहरुले १९ अर्ब रुपैयाँ भन्दा धेरैको स्मार्ट फोन प्रयोग गरेको पाइएको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वैदेशीक व्यापारको मंसीर सम्मको तथ्यांकले यस्तो देखाएको हो । विभागका अनुसार मंसिर महिनासम्म नेपालमा कुल १९ अर्ब १३ करोड ६९ लाख रुपैयाँको १० लाख ७० हजार थानभन्दा बढी स्मार्टफोन…