जुम्ला – चिसो बढेपछि जुम्लाका ८ वटै स्थानीय तहका सामुदायिक विद्यालय बन्द भएका छन् । बढेको अत्यधिक चिसोले पुसको पहिलो हप्तादेखि फागुनसम्म पालिकाका सबै सामुदायिक विद्यालय बन्द गरिएको तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले बताए । सामुदायिक विद्यालय बन्द भएपछि कतिपय विद्यार्थी थप अध्ययन गर्नका लागि सदरमुकाम खलङ्गा बजार लगायत सुर्खेत गएका छन् । जाडोले विद्यालय…