काठमाण्डु – देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका–५ प्रस्याङस्थित सडकमा बा१३च ३७२१ नम्बरको कारको ठक्करबाट पैदलयात्री बाग्लुङको ढोरपाटन नगरपालिका–६ घर भई पोखरा महानगरपालिका–३ नदीपुर बस्ने २० वर्षीय ढालेन्द्र छन्त्याल र हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूषको गएराति मृत्यु भएको छ । दुर्घटनामा…