निर्वाचन आउन ७३ दिन बाँकी : आयोगले तोक्यो समानुपातिकतर्फ समावेशी समूहको प्रतिशत

काठमाण्डु - प्रतिनिधि सभा निर्वाचन आउन ७३ दिन बाँकी रहँदा निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ समावेशी समूहको प्रतिशत तय गरेको छ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ। राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उम्मेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूचीकृत गर्नुपर्ने भएको छ।…