युरेनियम अमेरिकालाई दिने हल्लाबिच मुस्ताङमा चिनियाँ सक्रियता, सीडीओसँग भेटघाट

काठमाण्डु – मुस्ताङ लगायत हिमालय क्षेत्रमा रहेको युरेनियम उत्खननका लागि अमेरिकालाई दिने हल्लाबिच मुस्ताङमा चिनियाँ सक्रियता बढेको छ । काठमाण्डुस्थित चिनियाँ दूतावासको टोली इकोनोमिक काउन्सिलर झु फेङको नेतृत्वमा मुस्ताङ पुगेको हो । शनिबार मुस्ताङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) अजिता तिवारीसँग भेटवार्ता गरेको चिनियाँ टोलीले आईतबार विभिन्न क्षेत्रको भ्रमण गरेको छ । परराष्ट्र मन्त्रालयको स्वीकृतिमा चिनियाँ…