खोटाङ - खोटाङको हलेसी तबाचुङ नगरपालिकाले आजको भूकम्पले गरेको क्षतिको मूल्यांकन गर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग तत्काल प्राविधिक टोली पठाइदिन अनुरोध गरेको छ । नगरपालिकाले प्राधिकरणलाई पत्र लेख्दै क्षतिको मूल्याकंन गर्न तत्काल प्राविधिक टोली पठाइदिन अनुरोध गरेको हो । ‘२०७९ साउन १५ गतेका दिन विहान ८ः१३ बजे खोटाङको हलेसी आसपास केन्द्रविन्दू बनाएर…