काठमाण्डु - खोटाङमा केन्द्रविन्दु बनाएर आइतबार बिहान गएको भूकम्पले जिल्लाकै एउटा कच्ची घर भत्किएको छ। खोटाङका सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाहका अनुसार आइतबार बिहान गएको ५.३ रेक्टर स्केलको भूकम्पले साकेला गाउँपालिकास्थित रहेको कच्ची घर भत्काएको हो । साथै, छिमेकी जिल्ला भोजपुरमा भने २ वटा घर क्षतिग्रस्त भएको छ । भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद…