नागढुङ्गाबाट बिल बिनाको १३५ बोरा रासायनिक मल बरामद

काठमाण्डु - चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट प्रहरीले बल बिनाको १ सय ३५ बोरा रासायनिक मल बरामद गरेको छ । ना.६ ख ५४८८ नम्बरको ट्रकबाट बिल बिनाको उक्त रासायनिक मल बरामद गरिएको प्रहरीले जनाएको छ । ट्रकका चालक मकवानपुर मनोहरी गाउँपालिका–९ बस्ने २३ वर्षीय स्वदेश उप्रेतीलाई बुधबार पक्राउ गरिएको छ । वीरगंजबाट काठमाण्डुतर्फ आउँदै गरेको उक्त ट्रकलाई…