काठमाण्डु – काभ्रेमा गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । आज मंगलबार दिउँसो सवा २ बजे पनौती नगरपालिका–२ सिलाभन्ज्याङस्थित कुशादेवीबाट नयाँगाउँ जाँदै गरेको बा४ख ६७२३ नम्बरको पराल बोकेको गाडी ब्रेक फेल भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले बताए । दुर्घटना हुँदा ३ जना घाइते भएका थिए । घाइतेको उपचारका…