काठमाण्डु- सर्लाहीको मलङ्गवा नगरपालिकामा मूर्ति सेलाउने क्रममा उत्पन्न द्वन्द्वले धार्मिक सहिष्णुता खलबलाउने प्रयास भएको भन्दै मुस्लिम आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आइतबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर मलङ्गवा घटनाका सन्दर्भमा ध्यानाकर्षण गराएका हो । उनले मलगंवासहित मधेस प्रदेशका केही जिल्लाहरुमा अराजक तत्त्वहरूले धार्मिक सहिष्णुता खलबलाउने प्रयास गरिरहेको…