१५ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने शेखर कोइरालाको घोषणा

काठमाण्डु नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १५ औँ महाधिवेशनमा सभापतिमा उममेदवार बन्ने घोषणा गरेका छन् । बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग डा. कोइरालाले १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बनेर निकटतम प्रतिद्वन्द्वी भएकाले आगामी १५ औँ महाधिवेशनमा स्वतः सभापतिमा दाबी रहने बताएका हुन् । आफ्नो उम्मेदवारीको विषयलाई अन्यथा नलिन पनि डा. कोइरालाले सबैमा आग्रह गरे…