असोज २५ गतेदेखि दसैँका लागि नयाँ नोट साट्न पाइने

काठमाण्डु- दसैँतिहारका लागि असोज २५ गतेदेखि सुकिला नयाँ नोट साट्न पाइने भएको छ । केन्द्रीय बैंकले घटस्थापनाको आसपास पारेर असोजको अन्तिम सातादेखि सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा प्रदान गर्ने भएको हो । विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि रु. ५, रु. १०, रु. २०, रु. ५० र रु. १०० दरका एक–एक गड्डी गरी प्रतिव्यक्ति…