काठमाण्डु – न्यायाधीश समाजको अध्यक्षमा सपना प्रधान मल्ल निर्वाचित भएकी छन् । आज मंगलबार काठमाण्डुमा भएको साधारण सभाले समाजको अध्यक्षमा सर्वाेच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ललाई निर्वाचित गरेको हो । समाजको कार्यसमिति सदस्यहरूको पदावधि २ वर्षको हुने भए पनि न्याय परिषद्को सदस्य भएपछि समाजको कार्यसमिति छाड्नुपर्ने भएकाले यसअघिका अध्यक्ष ईश्वरप्रसाद खतिवडाले राजीनामा दिएका थिए ।…