प्रमुख निर्वाचन आयुक्तसँग युरोपियन युनियनका राजदूतको शिष्टाचार भेट

काठमाण्डु – निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासँग युरोपियन युनियनका राजदूत लोरेन्जो भेरोनिक्यूले शिष्टाचार भेट गरेका छन् । उनीहरूबीच आज बुधबार भएको भेटवार्तामा निर्वाचन आयोग र युरोपियन युनियनबीच विगत २ दशकयता भएका कार्यगत सम्बन्धको समीक्षा गर्दै आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको आयोगले जनाएको छ । छलफलमा प्रमुख निर्वाचन आयुक्त थपलियाले…